टिकटकमा पैसा देखाई भिडियो पोष्ट गर्ने व्यक्ति प्रहरी निगरानीमा 

शनि शाक्य

काठमाडौं
File photo
File photo

ललितपुर प्रहरीले टिकटकमा पैसा देखाई भिडियो पोष्ट गर्ने व्यक्ति निगरानीमा राखेकाे छ।

राष्ट्र बैंकले बिभिन्न मितिमा संचार माध्यमबाट सुचना जारी गर्दै ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिहरु माथी खोजी कार्य थालेको हाे।

खोज तलास गर्दैँ जादा सामाजिक सञ्जाल टिकटकमा Fi_Venom99 नामकाे आइडी प्रयोग गरी एक हजार,पाँच सय दरका नोटहरु राख्दै फोटो भिडियो पोष्ट गर्ने एक जनालाई निगरानीमा राखेकाे छ।

महोत्तरी बर्दिबास-१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.-५ टिकाथली बस्ने सुलभ आचार्यलाई प्रहरीले ललितपुर प्रहरी परिसरमा झिकाई सोधपुछ गर्दा अध्यानको लागी बिदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट पैसा निकाली रमाईलोको लागी खाटमा पैसा बिछ्याई भिडियो बनाएको जनाएकाे छ।

अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अव उप्रान्त यस्ता प्रकारका गतिविधी नगर्ने सर्तमा निगरानीमा रहने गरी सचेत गराई छाडिएको प्रहरीकाे भनाई छ।

प्रकाशित मिति: : 2023-04-06 18:19:00

प्रतिकृया दिनुहोस्