प्रहरीले नाबालिक जबरजस्तीकरणी गर्ने दुई अभियुक्तहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ३ घर भई हाल का.जि. टोखा न. पा. वडा नं. ६ धापासी बस्ने वर्ष २१ को आषिस तामाङ
भनिने निमा तामाङ तथा काभ्रेपलाञ्चोक महाभारत गा. पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ६ धापासी बस्ने वर्ष २१ को कुशल श्रेष्ठ रहेका छन्।
उनीहरुले पिडितलाई सामुहिक जबरजस्ती करणी गरी फरार भएका थिए। उनीहमाथि थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाईएको प्रहरीले बताएको छ।