माओवादी भएकै कारण निरास हुने होइन: विप्लव (भिडियो)

BreaknLinks
BreaknLinks

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माओवादीमा लागेकैले निरास हुन नहुने बताएका छन्।

केही युवाहरू माओवादीमा लागेकैले बर्बाद भएको भन्दै निरास भएको बताउँदै विप्लवले ती युवाहरूलाई निरास नहुन आग्रह गरे।

काठमाडौंको प्रज्ञा भवनमा भएको सी जातिको अवधारणा विषयक विचार गोष्ठीमा बोल्दै उनले पछिल्लो समय जातीय विभेद बढ्दै गएको बताए।

'माओवादी युद्धको समयमा जातीय विभेद थिएन। विभेद गर्ने हिम्मत पनि थिएन', उनले भने, 'पछिल्लो समय विभेद बढ्दै गएको छ।'

प्रकाशित मिति: : 2023-04-04 16:50:00

प्रतिकृया दिनुहोस्