झापाकाे बाल संस्कार केन्द्रलाई जग्गादान

File Photo
File Photo

बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु दश लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गरेका छन्।

जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालका झापा अध्यक्ष शङ्कर भट्टराईले हल्दिबारीलगायत झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र देशभक्ति शिक्षा प्रदान गर्न एक गाउँ एक बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको बताएका छन्।

उनका अनुसार कोशी प्रदेशमै पहिलोपल्ट हल्दिबारी–३ मा बाल संस्कार केन्द्रलाई जग्गा प्राप्त भएको हो। सो जग्गामा भवन निर्माण गरी प्रदेशमै नमुनायोग्य कार्य गरिने उनले बताए। अभियानले विद्यालय गइरहेका बालबालिकालाई बिहान र बेलुकाको समयमा गाउँमै संस्कार शिक्षा दिएर समाजलाई गुण लगाएको विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुङ्गेलले बताए।

अभियानका कोशी प्रदेश उपाध्यक्ष पं सोमनाथ सुवेदीले असल संस्कार सिकाउने उद्देश्य लिएको बाल संस्कार केन्द्र मुलुकको ६४ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिएका छन्। चैत २१ गतेदेखि अर्जुनधार वडा नं ६ मा झापा र इलामका एकल विद्यालयका अध्यापकको सात दिवसीय बर्गभेला आयोजना गरियो। 

प्रकाशित मिति: : 2023-04-01 09:09:00

प्रतिकृया दिनुहोस्