बर्दिबासदेखि १२ दिनको पैदल यात्रा गरेर न्याय माग्न मंगलबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन्।
मंगलबार बालुवाटर, माइतीघर र नयाँ बानेश्वरमा धर्ना दिएर न्याय मागेका पीडितहरुले बुधबार धर्ना दिन सकेका थिएनन्।
आज बिहीबार एक बजेदेखि नयाँ बानेश्वरमा फेरि धर्ना दिएका हुन्। आजै सरकारका र मिटरब्याज पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता पनि भइरहेको छ।
वार्ता र धर्नाको कार्यक्रम सँगसँगै गरिने धर्ना कार्यक्रमका एक सदस्यले बताए। दुबै तर्फबाट सरकारलाई दबाब सिर्जन गरिने उनको भनाइ छ।