नेपाली काँग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनकाे लागि उम्मेदवरकाे टुंगाे लगाएकाे छ। बिहीबार बसेकाे केन्द्रीय कार्यसम्पादनकाे बैठकले उम्मेदवारहरु टुंगाे लगाएकाे नेता अर्जुन नरसिंह केसीले जानकारी दिए।
उनकाअनुसार बैठकले तनहुँ- १ मा गोविन्द भट्टराई र चितवन- २ मा जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्।
त्यस्तै बारा- २ मा काँग्रेसले जनता समाजवादी पार्टीलाई सघाउने निर्णय गरेकाे छ। साे क्षेत्रमा जसपाबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेका छन्।
तनहुँ– १ बाट निर्वाचित काँग्रेसकै रामचन्द्र पाैडेल राष्ट्रपति, बारा– २ बाट निर्वाचित जसपाका रामसाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि र चितवन– २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे नागरिकता विवादमा सांसद पद खारेज भएपछि यी क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेकाे हाे।