आजै मन्त्रिमण्डल बिस्तार गर्ने लक्ष्य छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै मन्त्रिमण्डल बिस्तार गर्ने लक्ष्य रहेको बताएका छन्। बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको टर्मिनल भवनको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिमण्ड बिस्तार र सपथ गराउने बताए।

‘यहाँबाट एक बजेसम्म फर्किएर जाने र आजै मन्त्रिमण्डल बिस्तार गरेर सपथ ग्रहरण गराउने मेरो लक्ष्य छ। त्यसो भएर पनि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ, एक/दुई वटा मन्त्रालयमा थोरै मिलाउन बाँकी छ, बाँकी टुंगिएको छ। यो पनि सबैको लागि खुसीको कुरा हो,’ प्रचण्डले भने।

प्रचण्डले राजनीतिक स्थायित्वको लागि नयाँ आधार प्राप्त भएको दाबीसमेत गरे। ‘नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिने नयाँ संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु। मलाई विश्वास छ राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिमण्डल बिस्तारको लागि बालुवाटारमा बसेको बैठक छाडेर चितवन गएका छन्।

प्रकाशित मिति: : 2023-03-30 11:54:00

प्रतिकृया दिनुहोस्