‘राजावादी’ भन्दै मिटरब्याज पीडितहरूले ज्ञानेन्द्र शाहीलाई माइतीघरबाट लखेटे

काठमाडौँमा भेला भएका मिटरब्याज पीडितहरूले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई राजावादी भन्दै माइतीघरबाट लखेटेका छन्।

मंगलबार मिटरब्याज पीडितहरूकाे आन्दोलनमा समर्थन जनाउन भन्दै माइतीघर पुगेका सांसद शाहीसहित अन्य राजावादीहरूलाई त्यहाँबाट हटाएका हुन्।

पीडितहरूले राजा–महाराजाकाे पालाबाटै मिटरब्याजकाे समस्या भाग्दै आएकाेले राजावादीकाे समर्थन नचाहिने बताएका छन्।

बर्दिबासदेखि काठमाडाैँ आएका मिटरब्याज पीडितहरूले अहिले सडक आन्दोलन गरिरहेका छन्। मिटरब्याजका कारण समस्यमा परेका उनीहरू न्यायकाे खाेजीकाे लागि ११ दिन हिँडेरै काठमाडाैँ आएका हुन्।



मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

मिटरब्याज पीडितलाई सुनेन सरकारले: सडकपेटीमै बास, सडकमै प्रदर्शन

काठमाडौँका मेयर बालेन भन्छन्– मिटरब्याजी पीडितहरूको आन्दोलन शंकास्पद छ

 

 

प्रकाशित मिति: : 2023-03-28 11:55:00

प्रतिकृया दिनुहोस्