मिटर ब्याज पीडितलाई आन्दोलन फिर्ता गर्न गृहसचिवकाे आग्रह

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मिटर ब्याज पीडितलाई आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन्। 

शर्माले उनीहरूकाे माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने आश्वासन बताउँदै आन्दोलन फिर्ता गर्न आग्रह गरेका हुन्।

तर, पीडितहरुले भने स्वयम प्रधानमन्त्रीसँग भेटेर नै माग पूरा गर्न आग्रह गर्ने अडान राखेका छन्। त्यसपछि शर्माले प्रधानमन्त्रीसँग भेट्नका लागि आफूले समय मिलाउने र सकेसम्म छिटो प्रधानमन्त्रीलाई भेटाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

११ दिन पैदल हिँडेर पीडितहरु महोत्तरीबाट काठमाडौं आइपुगेका हुन् ।


 

प्रकाशित मिति: : 2023-03-28 09:53:00

प्रतिकृया दिनुहोस्