गोरखधन्धामा संलग्न पूर्वगृहसचिवद्वय पाण्डे र न्यौपानेलाई पक्राउ गर्न माग

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका तीन सदस्य पक्राउ परेसँगै यो प्रकरणको लहरोले पहरो तान्न थालेको छ। 

पक्राउ परेका तीन अभियुक्त केशव दुलाल, टङ्क गुरुङ र सानु भण्डारीले तत्कालिन गृहसचिव टेकनारायण पौडेललाई ५० लाख घुस दिएर यो गोरखधन्दाको सेटिङ गरेको बयान दिएपछि यो प्रकरणमा पहिरो जान सुरू गरेको हो। 

आरोपी पौडेल अहिले उपराष्ट्रपति कार्यालयका सचिव हुन्। उनले आफू यो प्रकरणमा संलग्न नभएको प्रारम्भिक प्रतिक्रिया दिए पनि हरेक कार्यकालका गृहसचिवलाई यो प्रकरण थाहा नहुने भन्ने कुरै हुँदैन र उनीहरूको प्रत्यक्ष/अप्रत्यक्ष सहभागिता बिना यो प्रकरण अगाडि बढ्ने कुनै सम्भावना हुदैन।

पक्राउ परेकाहरूले पाण्डेका अतिरिक्त अर्का गहृसचिव महेश्वर न्यौपानेलाई पनि पोलेका छन्। न्यौपानेले भने कहेी समयअघि अवकाश पाएका छन्। 

लामो समयदेखि चर्चामा रहेको यो हाइप्रोफाइल मुद्दामा पक्राउ परेका केशव दुलाल हाइप्रोफाइल कांग्रेसी हुन्। कुनै समयकी शक्तिकेन्द्र बनेकी सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको स्वकीय सचवालयमा काम गरेका दुलाल मोरङ्का चल्तापूर्जा कांग्रेस हुन्। उनको गिरोहमा समावेश गुरूङ पाँचथरका हुन् भने भण्डारी ललितपुरका हुन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका तीन सदस्य पक्राउ परेसँगै यो प्रकरणको लहरोले पहरो तान्न थालेको छ। उनीहरूले पूर्वगृहसचिवद्वय टेकनारायण पाण्डे र महेश्वर न्यौपानेलाई घुस दिएको आरोप लगाएपछि पीडितहरूले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग गरेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार यो गोरखधन्दामा ८१ जनाबाट १३ करोड ६३ लाख ठगिएको पाइएको प्रहरीले जनाएको छ। २०७७ सालदेखि सुरु भएको यो गोरखधन्धामा आरोपीहरूले नेपाली नागरिकलाई शरणार्थीको परिचयपत्र बनाएर अमेरिका  पठाउने सपना देखाएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले मोटो रकम लिए पनि हुँदै नहुने यो गोरखधन्दाबाट कोही अमेरिका जान नसकेपछि पीडितहरूले नै यो  ठगी प्रकरणलाई बाहिर ल्याएका हुन्।

प्रहरीले अनुसन्धान जारी रहेको र यो प्रकणमा संदिग्ध अरू व्यक्तिको पनि खोजी भैरहेको बताइरहेको छ।

यसैबीच पीडितहरूले आरोपीहरूले अभियोग लगाएका पूर्व गृहसचिवद्वय पाण्डे र न्यौपानेलाई तत्काल प्रकाउ गरी अनुसन्धानलाई अगाडि बढाउन आग्रह गरेका छन्। उनीहरूले पाण्डे र न्यौपानेको संलग्नताबिना यो गोरखधन्दाको योजना नै बन्न नसक्ने बताएका छन्।

प्रकाशित मिति: : 2023-03-27 23:55:00

प्रतिकृया दिनुहोस्