रवि लामिछानेलाई राहदानी मुद्दामा क्लिन चिट लिएकाे भन्दै अख्तियारमा उजुरी

File Photo
File Photo

राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई राहदानी मुद्दामा क्लिन चिट लिएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका प्रमुखले पदीय दायित्वकाे दुरूपयाेग गरी लामिछानेलाई राहदानी मुद्दामा क्लिन चिट लिएकाे भन्दै युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन्।

'मुद्धा चल्ने यथेष्ट प्रमाण हुँदा हुँदै सम्बन्धित कसुरदारलाई पक्राउसमेत नगरी आर्थिक लेनदेन, पदीय स्वार्थ, शक्ति केन्द्रकाे चलखेलमा लाग्दै फाैजदारी कसुरकाे कसुरदारलाई उम्क्याउन आफ्नाे पदीय दायित्व एवं अख्तियारीकाे समेत गलत प्रयाेग गरी जिल्ला प्रहरी परिसर काठमाडौंले अख्तियारीकाे दुरूपयाेग गरेकाे कारण तत्काल आवश्यक अनुसन्धान प्रतिवेदनकाे सक्कल मिसिल झिकाइ अनुसन्धान गरी दाेषी प्रहरी अधिकारीलाई तत्काल कारवाहरू गर्न माग गर्दछु', युवराजले दर्ता गरेकाे उजुरीमा भनिएकाे छ।

प्रकाशित मिति: : 2023-03-21 12:26:00

प्रतिकृया दिनुहोस्