ओलीले भने: हामीलाई कसैसँग झुक्नु छैन, प्रचण्डलाई विश्वासकाे मत दिन्नाैँ

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासकाे मत नदिने भएकाे छ।

साेमबार बसेकाे एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने बताएका हुन्।

‘प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने गठबन्धनका स्वार्थीहरुले भोट देलान्। हामीलाई स्वार्थ पनि छैन, झुक्नु पनि छैन। हामीलाई उहाँप्रति विश्वास छैन,’ ओलीले भने।

प्रचण्डले राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कमजोर पार्ने खाेजेकाे ओलीको आरोप छ।

एमाले र राप्रपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले आजकाे प्रतिनिधिसभा बैठकबाट विश्वासकाे मत दिँदैछन्।

प्रकाशित मिति: : 2023-03-20 13:13:00

प्रतिकृया दिनुहोस्