नेपाल प्रहरीका पाँच डिआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डिआइजी)काे अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएकाे छ।

आज (साेमबार) बसेको मन्त्रीपरिषद बैठकले पाँच नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको हाे ।

गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो ।

यी पाँचमध्ये एक एआईजी अर्को साता नेपाल प्रहरीको नेतृत्व गर्न आईजीपी हुँदैछन् । 

प्रकाशित मिति: : 2023-03-20 10:26:00

प्रतिकृया दिनुहोस्