प्रधानमन्त्रीले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुन १० दल सहमत

सत्ता साझेदार १० दलको बैठकमा प्रधानमन्त्रीले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेकाे १० दलको बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको हाे।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालगायत शीर्ष नेताहरू सहभागी थिए। 

प्रकाशित मिति: : 2023-03-18 18:17:00

प्रतिकृया दिनुहोस्