अब त हामी पाँचै वर्ष सरकारमा बस्ने हाे: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकाे सत्ता गठबन्धन आगामी पाँचै वर्षसम्म रहने बताएका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपतिलाई मत दिएर बाहिँरिदै गर्दा सभापति देउवाले पत्रकारहरुसँग साे प्रतिक्रिया दिएका हुन्। ‘अहिलेकाे गठबन्धन पूरै पाँच वर्ष टिक्छ, हामी पाँचै वर्ष सरकारमा रहन्छाैँ,’ देउवाले पत्रकारहरुसँग भने।

तत्काल एमालेसँग गठबन्धन टुटेसँगै निर्वाचनअघिकाे गठबन्धन ब्युँतिएर अगाडि बढेकाे छ। सरकारबाट नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिँरिएपछि नेपाली काँग्रेस सरकारमा सहभागी हुँदैछ।

हाल सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजावदी, जनता समाजवादी पार्टी, जनमात पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमाेर्चालगायत पार्टी सहभागी छन्।

प्रकाशित मिति: : 2023-03-17 14:03:00

प्रतिकृया दिनुहोस्