नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता भएको छ।
बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयाेजित एक समाराेहमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकताको घषणा भएकाे हो।
'हामी नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी आउँदाे पार्टी स्थापना दिवसमा एकता सम्पन्न गर्ने निर्णयमा पुगेका छाैँ', प्रेस वक्तव्य जारी गर्दै भनिएकाे छ।
दलाल पुँजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर रहेकाे वक्तव्यमार्फत उल्लेअ गरिएकाे छ।