२ वर्षसम्म भाडा नतिर्ने गोंगबुका २६ व्यवसायीलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन

File Photo
File Photo

काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापासबिनै निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ व्यवसायीहरूलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन भनिएको हो। ती व्यवसायीहरूले भाडा रकमसमेत नतिरेको पाइएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

२ वर्षदेखि भाडा नतिरेको, जवरजस्ती ठाउँ ओगटेको र भाडा माग गर्दा धाकधम्की दिएको तथा नेपालको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गाधनी बञ्चित हुन पुगेकोले वडा कार्यालयले व्यवसायीलाई वडामै उपस्थित हुन भनेको छ।

सूचना:

प्रकाशित मिति: : 2023-03-15 07:50:00

प्रतिकृया दिनुहोस्