साेमबार त्रिवि मैदानमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेटकाे सानदार जित निकाल्दा लेग स्पिनर सन्दीप लामिछाने प्लेयर अफ दि म्याच बने। पिएनजीलाई सस्तैमा समेट्न उनले पाँच विकेट लिएका थिए।
पाँच महिनापछि मैदानमा प्रवेश गरेका उनले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्न छाडेका छैनन्। आजकाे खेलमा प्लेयर अफ दि म्याच घाेषित भएपछि उनले देशकाे लागि अझै बढी याेगदान गर्ने बताए।
‘आगामी दिनमा पनि म देशको लागि योगदान गर्न चाहन्छु,’ सन्दीपले भने।
जारी सिरिजमा सन्दीपले ९८ विकेट लिएका छन्।