किरण बज्रचार्यलाई इतिहास बनाउने अवसर : पहिलो महिला आईजीपी हुनसक्ने सम्भावना

शनि शाक्य

काठमाडौं

नेपाल प्रहरीको रिक्त पाँच एआईजी पदमा बढुवा सिफारिसमा डीआईजी किरण बज्राचार्य पर्न सफल भएकी छिन्। 

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत उनी सिफारिसको पाँचौं नम्बरमा परेकी हुन्।

उनी अपराध अनुसन्धानमा पोख्त र अन्तराष्ट्रिय पुरस्कार प्राप्त महिला प्रहरी अधिकारी हुन्। योसंगै उनलाई पहिलो महिला प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने बाटो खुल्ने छ।

एआईजी पदमा बढुवा सिफारिसमा किरणसँगै डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा र श्यामलाल ज्ञवाली रहेका छन्। 

प्रकाशित मिति: : 2023-03-11 17:55:00

प्रतिकृया दिनुहोस्