आसिफको शतकमा नेपालले पीएनजीलाई दियाे २९८ रनकाे लक्ष्य

आइसीसी विश्वकप लिग– २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

काठमाडाैँकाे कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभरमा १ बलमा सम्पूर्ण विकेट गुमाएर २९७ रन बनायो।

नेपालको एकदिवसीय क्रिकेटमा यो हालसम्मको धेरै योगफल हो।

नेपालकाे लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेले। उनले ११० बल खेल्दै १० चौला र २ छक्काको सहयोगमा ११० रन बनाए।

त्यस्तै अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए। त्यसैगरी नेपालका भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३० र आरिफ शेखले १५ रन बनाए।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए।

प्रकाशित मिति: : 2023-03-09 13:10:00

प्रतिकृया दिनुहोस्