सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक आजै संसदमा दर्ता गर्ने सरकारको निर्णय

सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक आज (बिहीबार) प्रतिनिधिसभामा दर्ता गरिने भएको छ।

बिहीबार बिहान सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद् बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने र यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का सोकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-09 09:59:00

प्रतिकृया दिनुहोस्