‘छड्के २’ समीक्षा: यत्तिको झुर फिल्म अब कहिल्यै नबनोस्

उकेरा

पुष्पा थपलिया

कुनै कोणबाट पनि फिल्म भन्नलायक नभएको फिल्म हो- छड्के २.०। सुरुदेखि अन्त्यसम्म कुनै पनि दृश्य र संवादले दर्शकलाई बाँध्न सक्दैन।

कथा सार
मनाङमा यार्सागुम्बा टिपेर जीविका चलाउने परिवारमा जन्मिएको केटो हो मिङ (अनमोल केसीको पात्र जो फिल्ममा पछि मेनडग भनेर चिनिन्छ)। यार्सा टिप्न जाँदा रोयल मनाङ ग्याङका सामतेन समूहले लुटपाट मच्चाउँछ।

जसमा मिङका बुबाआमा लगायत गाउँलेहरूको मृत्यु हुन्छ। मिङ भागेर चितवन पुग्छ, त्यहाँ उसको भेट नटराजसँग हुन्छ। नटराज अर्को गुण्डा हो जो लागूऔषधको कारोबार गर्छ। 

प्रकाशित मिति: : 2023-03-05 17:16:00

प्रतिकृया दिनुहोस्