उत्तर–दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी

उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ।  

कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल निर्माणमा जान बाँकी रहेको हो। कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ। बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ। त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले बताए। उनले भने,‘अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ।’

कालीगण्डकी करिडोरमा हालसम्म पाँच पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। जम्मा १२ पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले बताए। निर्माणाधीन पुल ६०\७० मिटर लम्बाइसम्मका रहेको उनले बताए। चालू आवमा दुई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उनले भने चौध पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच सकियो भने अरूमा काम भइरहेको छ। उनले भने, ‘समग्रमा १५ पुल ठेक्का लगाउन बाँकी रहेको छ।’

प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा जम्मा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ। सानासाना खोने, ‘कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ।’

कर्णाली करिडोरमा जम्मा १४ पुल रहेकामा नौ असार मसान्तमा ठेक्का लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए। गत आव र त्योभन्दा पहिले निर्माण सुरु भएका पाँचवटा पुल निर्माणाधीन रहेका छन्। उनले भने, ‘अझै चार–पाँचवटा डिजाइनमा जान बाँकी छ र सर्बे डिजाइन भइरहेको छ।’

प्रकाशित मिति: : 2023-02-28 14:57:00

प्रतिकृया दिनुहोस्