महेश नेपाली
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वर्तमान अवस्थाकाे विषयमा मन्त्री र सांसदहरुसँग अन्तर्क्रिया सम्पन्न भएकाे छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईं, प्रतिनिधिसभा सदस्य छिरिङ लामा र कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीसँग अन्तर्क्रिया गरिएकाे हाे।
अन्तर्क्रिया कार्यक्रममा बाेल्दै सामाजिक विकास मन्त्री पछाईंले थुप्रै चुनाैतीकाे बीचबाट उठेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णालीकाे मात्रै नभएर समग्र देशकाे सान भएकाे बताए।
'राेग, भाेग अशिक्षा, बेरोजगारी भएकाे ठाउँ भनेर चिनिने कर्णालीमा प्रतिष्ठानकाे जन्म हुनु सुखद पक्ष हाे,' उनले भने, 'आज यही ठाउँले स्वास्थ्यकर्मी जन्माएर पठाउँदैछ। याे हाम्राे लागि माइलस्टाेन हाे।'
उनका अनुसार कर्णालीमा विविध कारणले हिजाेदेखिका स्वास्थ्य समस्याहरु छन् र पछिल्लो समय यी झन् बढिरहेका छन्। यी सबै समस्याहरु अन्त्य गर्ने दायित्व प्रतिष्ठानकाे काँधमा रहेकाे छ।
बाेल्ने कम काम गर्ने बढी गर्नुपर्ने प्रतिनिधिसभा सांसद छिरिङ लामाले बताइन्। 'याे ठाउँकाे विकास कसरी गर्ने? गल्ती सच्याउने जिम्मेवारी नेतृत्वमा रहेकाकाे मात्रै नभई हामी सबैकाे हाे,' उनले भनिन्, 'हामी जनताकाे भरियाकाे रुपमा प्रस्तुत हुन चाहन्छाैं। माननीय पहलकर्ता मात्रै हाे। माननीयले यति बजेट दिन्छु भन्न मिल्दैन। तथापि याे प्रतिष्ठानकाे विकासका लागि चाल्नुपर्ने पहलकदमीकाे लागि म सधैब अग्रपंक्तिमा रहनेछु।'
कर्णाली प्रतिष्ठान ल्याउने जिम्मेवारी पूरा गर्नुभएकाेमा नरेश भण्डारी धन्यवादकाे पात्र भएकाे कर्णाली प्रदेशसभाका सदस्य देवेन्द्र बहादुर शाहीले बताए।
'प्रतिष्ठानकाे विषयमा आम नागरिक देशकाे बाैद्धिक वर्गदेखि नेतृत्व गर्नेसम्मले खुला दिलले छलफल गर्न जरुरी छ,' उनले भने, 'प्रतिष्ठान काम गर्ने थलाे हाे। राजनीति गर्ने थलाेकाे रुपमा विकास नगरिदिन हुन यहाँका पदाधिकारीलाई आग्रह गर्छु।'
उनले प्रतिष्ठानकाे विकासकाे लागि, प्रतिष्ठान अगाडि बढाउन म जस्ताेसुकै कदम चाल्न आफू तयार रहेकाे बताए। उनले भने, 'मैले आजका दिनसम्म तेराे, मेराे गरेकाे छैन। अब त जनताकाे प्रतिनिधि हुँ। सबैकाे काम गर्नु तयार छु।'
ग्रामीण भेगमा स्वास्थ्य सेवाकाे पहुँच र अकालमा मृत्यु हुनेकाे संख्या कम गर्न, दक्ष जनशक्तिकाे उत्पादन र त्यसलाई संसारभर प्रतिस्पर्धी बनाउनु प्रतिष्ठानकाे ध्येय रहेकाे रजिस्ट्रार नृपेन्द्र महतले बताए।
'प्रतिष्ठानका राम्रा र सकारात्मक पक्षहरूकाे वकालत गर्ने वकिलको रुपमा प्रस्तुत भइदिन अनुराेध गर्छु,' उनले भने, 'यसमा सबै सराेकारवालाहरुकाे महत्त्वपूर्ण भूमिका रहनेछ। याे हामी सबैकाे दायित्व पनि हाे।'
उनका अनुसार प्रतिष्ठान एउटा अब्बल संस्था हाे भनेर लागिदिनु सबै कर्णालीबासीकाे दायित्व हाे। जुम्लामा प्रतिष्ठान स्थापना हुनु ऐतिहासिक पक्ष हाे। याे इतिहासकाे निरन्तरता समेत भएकाे हुनाले कर्णालीकाे मात्रै नभएर संसारभरकै आवश्यकताकाे रुपमा विकास गर्नु हाम्रो दायित्व हाे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकाे कान्छाे प्रतिष्ठान भए पनि झण्डै एक दशककाे अवधिमा यसले आफ्नाे आकार अपेक्षाकृत रुपमा लिइरहेकाे प्रतिष्ठानका डिन प्रा. डा. मुनिराज क्षेत्रीले बताए।
'प्रतिष्ठान प्रति हाम्राे बुझाइ र जनताकाे बुझाई के कस्ताे छ भन्ने कुरा जानकारहरुले सहर्ष रुपमा भनेर सहयोग गरिदिन म आग्रह गर्छु,' उनले भने।
प्रदेश सांसद देवेन्द्र शाहीले प्रतिष्ठानका डा. करण शाह कुटिएकाे विषय तीललाई पहाड बनाएको भन्ने सन्दर्भलाई जाेडेर प्रतिष्ठानका डा. डबल धामीले, 'तपाई तिललाई पहाड भन्नु हुन्छ सांसदज्यू यस्ता गतिविधिले कासमा डाक्टरहरु आउने संख्या घटेको तिर ध्यान जाओस' भन्दै प्रतिष्ठानका डाक्टरहरुलाई सचेत वर्गले हल्का ढंगले बुझिदिदा छाेड्ने क्रम बढेकाे र आउने क्रम भने घटेको बताए। 'प्रतिष्ठानमा युवा जनशक्तिको आकर्षण बढिरहेको छ,' उनले भने, 'यहाँ आउने जनशक्तिलाई लामाे समय टिकाउने वातावरण सबैले बनाउनुपर्छ।'
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया