बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हुँदै नहुने निर्वाचन बहिष्कार गर्नु नपर्ने बताएका छन्।
आइतबार सम्पादकसँगको छलफलमा ओलीले दलका नेतालाई विभिन्न आरोप लगाएर थुन्ने, चुनावमा भाग लिन नदिने अनि चुनाव हुन्छ भन्दै सरकारले आफैं चुनावको माहोल बिगार्न लागिपरेको भन्दै चुनाव नहुने दाबी गरे।
‘सबै अवस्थामा निर्वाचनको ड्रामा पनि स्वीकार गर्ने। अनधिकृत, असंवैधानिक कुरा पनि स्वीकार गर्ने भन्ने कुरा अलिक हुँदैन, ओलीले भने, ‘यो निर्वाचन पद्दति बचाउनका लागि ६० वर्ष लडाइँ गरेको छु। मलाई प्यारो छैन निर्वाचन? निर्वाचनबाट छानिने सरकार? अवश्य प्यारो छ।’
ओलीले थपे, ‘हल्ला चलाइएको छ– एमालेले निर्वाचन अस्वीकार गर्यो भनेर। नगराउने निर्वाचन बहिष्कार कसरी हुन्छ? गराउँदैन निर्वाचन भनेको छु। नहुने निर्वाचन कसरी बहिष्कार गर्ने?’
सुशीलाको सथपसम्म आफ्नो मोबाइल सिज गरिएको दाबी
अध्यक्ष ओलीले भदौ २४ गते बालुवाटार छोडेर सेनाको सुरक्षामा बसेको र सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल सेनाले सिज गरेको समेत दाबी गरेका छन्। उनले आफू भदौ २७ को साँझसम्म कुनै सम्पर्कमा नरहेको जिकिर गरे।
ओलीले भने, ‘राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ। सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ। म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथ ग्रहण समारोहभन्दा अगाडिसम्म मोबाइल लिन पाएको थिइनँ। मोबाइल सिज गरिएको थियो।’
प्रधानमन्त्री सिफारिस गरेको स्वीकार, सुशीलालाई अस्वीकार
ओलीले आफूले नै जेन–जी आन्दोलनपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको स्वीकारसमेत गरेका छन्। यद्यपि आफूले सुशीला कार्कीको नाम नै तोकेर प्रधानमन्त्रीमा सिफारिस नगरेको ओलीको दाबी थियो। माओवादी केन्द्रका संयोजक प्रचण्डले ओलीकै सिफारिसमा सुशीलालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने दाबीको ओलीले खण्डन गरेका छन्।
‘एकजनाले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्ने केपी ओली हो, मसँग प्रमाण छ भन्दै हुंकार गरेको देखेँ, केही प्रमाण छैन, छ भने देखाए हुन्छ। कसैको सिफारिस बिनाराष्ट्रपतिले ‘केयर टेकर’ गभर्मेन्टको प्रधानमन्त्री राष्ट्रपतिले नियुक्त गर्न सक्नुहुन्न। बिनासिफारिस केही गर्नु सेरेमोनियल राष्ट्रपतिका लागि वाञ्छनीय हुन्न। मैले सिफारिस गरिदिनु वाञ्छनीय भएर सिफारिस गरेको हुँ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया