किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ

शनि शाक्य

काठमाडौं

किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको बुङमतीमा कोका न्यू प्युरी एण्ड मयाट्रेस कम्पनी सञ्चालन गर्दै आइरहेका ४९  वर्षीय याङ लि मिङ रहेका छन्। 

किशोरीहरुलाई विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा उनी पक्राउ परेको प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए। 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति: : 2023-02-26 19:10:00

प्रतिकृया दिनुहोस्