राप्रपाका मन्त्रीले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।

राप्रपाबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएका हुन्।

राप्रपाको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2023-02-25 13:21:00

प्रतिकृया दिनुहोस्