बालुवाटारमा बसेको आठ दलको बैठकले जसपालाई उपराष्ट्रपति दिने भएको छ।
बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति भएसँगै उपराष्ट्रपति जसपालाई दिने निर्णय गरेको हो।
आज बालुवाटारमा बसेको सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेको एसका नेता नेता प्रकाश ज्वालाले जानकारी दिए।