बालुवाटार बैठकमा बढ्दैछन् दल, चारबाट आठ !

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा सुरू भएको चारदलीय बैठकमा अरू चार दल थपिएर आठ दल पुगेका छन्।

सुरूमा कांग्रेस, माओेवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल सहभागी बैठकमा संयुक्त जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी थपिए। केसी थपिएपछि यसअघि कांग्रेस नेतृत्वको गठबन्धनका पाँचै दल बैठकमा धेरैपछि एकसाथ बसेका थिए।

अहिले लाेसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठ र जनमतका वरिष्ठ उपाध्यक्ष अबदुल खाँ पनि थपिएका छन्। 

लोसपा कांग्रेस नेतृत्वको चुानवी गठबन्धनको साझेदार दल हो भने जनमत र नागरिक उन्मुक्ति पार्टी यही चुनावमार्फत् उदाएका नयाँ राजनीतिक पार्टी हुन्। 

आठ दलको सहभागितासँगै नेकपा एमाले, राप्रपा र रास्वपा बिना पनि प्रचण्ड सरकारको पक्षमा बहुमत पुगेको छ। 

बालुवाटारको यो पछिल्लो परिदृश्यसँगै अब बर्तमान सत्ता गढबन्धन तुहिएको संकेत मिलेको छ। यो गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेद्वार तय गर्ने बित्तिकै तिनै उम्मेद्वार विजयी हुनेछन्।

प्रकाशित मिति: : 2023-02-24 18:29:00

प्रतिकृया दिनुहोस्