अमेरिकी फुटबलको सबैभन्दा ठूलो उपाधि सुपर बलको यो वर्षको उपाधि कान्सास सिटी चिफ्सले जितेको छ । फिलाडेल्फिया इगल्सलाई ३८-३५ ले पछाडि पार्दै बितेका चार वर्षमा चिफ्सले दोस्रो पटक सुपर बल जितेको हो । यसअघि २०२० मा पनि कान्सास सिटी चिफ्सले सुपर बल जितेको थियो । त्यसअघि १९७० मा सुपर बल जितेको कान्सास सिटी चिफ्सको जीवनको यो तेस्रो सुपर बल उपाधि हो ।
मध्यान्तरअघि २१-२७ ले पछाडि परेको कान्सास सिटी चिफ्स मध्यान्तरपछि उत्कृष्ट खेलमा फर्कदै जीत निकाल्यो । एकसमय ३५-३५ को बराबरी स्थितिमा रहेको बेला फिलाडेल्फिया इगल्सको खेलाडीले गल्ती गर्दा पाएको पेनाल्टीको सदुपयो गर्दै कान्सास सिटी चिप्सले जीत निकाल्यो ।
खेलका नायक चिफ्सका स्टार खेलाडी प्याट्रिक मोहम्स रहे ।