भरत नेपाली
लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महराले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेश बनाउनको लागि पूर्वाधार विकाससँगै रोजगारीको सृजना गर्न कृषिमा लगानी गर्नुपर्ने बताएका छन्।
शनिबार रुन्टिगढि गाउँपालिकाको आयोजना तथा सुर्यद्धय माध्यमिक विद्यालय मसिनाको व्यवस्थापनमा गरिएको चौथो राष्ट्रपति तथा रुन्टिगढि रनिङ सिल्डको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि महराले सो कुरा बताएका हुन्।
त्यस्तै प्रमुख अतिथी महराले हाम्रो बाउबाजेले यहीँ माटोमा कृषि गरेर बाचेको बताउँदै पछिल्लो समय कृषिलाई कम प्राथमिकता दिएकोले स्थानीय र प्रदेश सरकारले कृषिमा विशेष लगानी गर्नुपर्ने बताए।
उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि महराले जनताको जनआदेश अनुसार कुनै पार्टीको स्पष्ट बहुमत नआएकोले सात राजनीति दलहरु मिलेर सरकार गठन भएको बताउँदै देशमा सरकार बनेपछि मात्र समृद्ध नेपाल बन्ने बताए।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गरी चुनावमा गएपनि गठबन्धनबाट स्पष्ट बहुमत नआएछि सात दल मिलेर सरकार निर्माण गरेको बताउँदै समृद्ध नेपाल गराउन प्रदेश र संघिय सरकार लाग्नुपर्ने बताए।
त्यस्तै महराले गाउँ, जिल्ला र देश चिनाउनको लागि खेलकुदको आवश्यक हुने बताउँदै रोल्पाका पालिकाहरुले रनिङ सिल्डको आयोजना गरेकोमा धन्यवाद दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया