सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
प्रदेश प्रमुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएसँगै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।