अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २५ माघ। नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलरमा सामान्य परिवर्तन आएको छ। आज अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य  १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो। 

युरोपियन युरो आज एक रुपैयाँ ६८ पैसाले उकालो लागेर यसको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो। 

यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा काराेबार भएकाे थियाे। 

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५२ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो।

बुधबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८२ पैसा तोकिएको छ।

यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ११ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

यस्तै, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ २० पैसा र बिक्रीदर ३५१ रूपैयाँ ७९ पैसा तोकिएको छ।

प्रकाशित मिति: : 2023-02-08 09:00:00

प्रतिकृया दिनुहोस्