प्रहरीले चार लाख पैँतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई प्रहरीले सिराहाकाे लहान नगरपालिकाबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा सिराहा जिल्लास्थित लहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र सोही नगरपालिका १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैँतीस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, ७ थान सिम कार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद गरिएको छ।