त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार फ्लाई दुबईको एफ– २५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो। उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए।

प्रकाशित मिति: : 2023-02-02 08:55:00

प्रतिकृया दिनुहोस्