बिएल संवाददाता
चोरीका सामग्रीसहित प्यूठानबाट दुई जना युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार स्वर्गद्वारी नगरपालिका-४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन्।
रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाडाकुडाहरू (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १ थान) र २ थान मोबाइल सेट फेला परेको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा लगिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया