राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश सांसदहरु सभापति रवि लामछिानेलाई मन्त्री नबनाउने पक्षमा उभिएका छन्।
सर्वाेच्च अदालतबाट गैरनागरिक ठहरिएर पद गुमाएका रवि नागरिकता प्राप्त गरेपछि पुनः गृहमन्त्री बन्नको लागि दौडधुप गरिहेकाबेला पार्टीका अधिकांश सांसदहरुले उनी तत्काल मन्त्री बन्ने नहुने धारणा राखेका छन्।
लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री बनाउन अनुरोध गरेका थिए। यद्यपि लामिछानेल पार्टीमा सल्लाह नै नगरी एक्लै मन्त्री बन्ने रेसमा दौडिएका छन्। तर, पार्टीमा भने रविलाई मन्त्री बनाउने वा नबनाउने विषयमा कुनै छलफल नै नभएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।
‘सभापतिज्यूलाई मन्त्रालयमा पठाउनेबारे पार्टीमा छलफल भएको छैन, सायद आजै बैठक बसेर त्यसबारे टुङ्गो लागाउँछौँ होला,’ सचेतक परियारले बिएल नेपाली सेवासँग भने, ‘पार्टीका अधिकांश साथीहरु उहाँलाई तत्काल मन्त्री नबनाउने बन्ने पक्षमा छौँ।’