बिएल संवाददाता
अमेरिकाले युक्रेनमा ३१ अब्राम ट्यांक पठाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार यस्तो घोषणा गरेका हुन् ।
जमर्नीले १४ लेपर्ड २ ट्यांक पठाउने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।
उनले अमेरिकी ट्यांकहरू युक्रेनको सम्प्रभुता जोगाउनका लागि पठाइएका बताउँदै कुनै अर्को देशमा आक्रमणका लागि नपठाइएको बताए । उनले यो युद्ध जतिसक्दो चाँडो सकिनुपर्ने धारणा पनि राखे ।
केही दिनयता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नाटोसम्बन्ध पश्चिमा राष्ट्रहरूसँग सहयोगको याचना गरिरहेका थिए । चाँडै नै रूसले ठूलो आक्रमणको योजना बनाएकाले त्यो आक्रमण अगाडि नै युक्रेनका गुमेका भूभागहरू फिर्ता लिन हतियार आवश्यक रहेको उनले बताउदै आएका थिए ।
उनले पूर्वी शहर सोलेदारबाट युक्रेनी सेनाहरू फिर्ता भएको बताउँदै मस्कोले बाख्मुतमा दबाब "तीव्र" बनाएको पनि पुष्टी गरेका छन् ।
यसैबीच जर्मनीका लागि रूसी राजदूतले जर्मनी र अमेरिकाको यो निर्णय उनीहरूको निम्ति प्रयुत्पादक हुने चेतावनी दिएका छन् ।
ट्यांक दिने घोषणासँगै युक्रेनमा अरू युद्ध चर्किने सम्भावना बढेर गएको छ ।
अमेरिकामा राष्ट्रपतिहरू कुनै समस्यामा परे वा अलोकप्रय भए भने विदेशमा आक्रमण गर्ने वा आफ्नो सैनिक उपस्थिति बढाएर अमेरिकीको ध्यान त्यतातिर तान्ने पुरानै रणनीति हो । गोप्य कागजात छानबिनका कारण संकट ब्यहोरिरहेका राष्ट्रपति बाइडनले पनि त्यही उपाय अपनाएको अमेरिकी राजनीतिक पण्डितहरूले विश्लेषण गरेका छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया