तीन कारण प्रस्तुत गर्दै रामचन्द्र पौडेलले गरे राष्ट्रिय सहमतिका लागि आह्वान

नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको बताए।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलाई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे। 

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए।

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2023-01-24 13:52:00

प्रतिकृया दिनुहोस्