गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालय बनाउने भएकाे छ।
आइतबार सत्ता साझेदार दलको छलफलमा गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने सहमति भएकाे थियो। साेही सहमति बमाेजिम सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरु टुंग्याइएकाे हाे।
बैठकले गण्डकीमा १२ वटा मन्त्रालयलाई घटाएर ७ बनाउने निर्णय गरेको हाे।
यसअघि १२ वटा मन्त्रालय रहेकोमा घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ।