नेपाल स्काउटको स्काउट एड्भान्स तालिम सम्पन्न (तस्बिरसहित)

शनि शाक्य

काठमाडौं

नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गर्ल्स स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ।

नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा तालिम सम्पन्न भएकाे हाे।

माघ २ गतेदेखि सञ्चालन भएको उक्त तालिमकाे समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले गरेका हुन्।

उनले तालिममा सहभागी बागमती प्रदेशका विभिन्न जिल्लाका स्काउटरहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

स्काउट एड्भान्स तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य थिए। सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरुले तालिममा स्काउटिङ्गका विभिन्न विषय वस्तुमा तालिम प्रदान गरेको थियो।

नेपाल स्काउट, बागमती प्रदेशका स्काउट संयोजक शिवराम अर्यालको अध्यक्षतामा भएको तालिमको मुख्य अतिथि लोकबहादुर भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपतको साथी भएको बताएका थिए।

उनी भन्छन्, 'स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट तालिम आवश्यक रहेको छ।'

समारोहमा गोदावरी नगरपालिकाका उपप्रमुख मुन अधिकारीले अब हरेक विद्यालयमा स्काउटलाई विस्तारमा लागि पर्न आग्रह गरिन्।

उनले स्काउट क्रियाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सहभागीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरिन्।

त्यस्तै, बागमती प्रदेशका संयोजक शिवराम अर्याल स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेरै बागमती प्रदेश कार्यालयले तालिमको संयोजन गरिएको बताए।

एक साता सञ्चालन भएको तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनको संकेत गरेको अर्यालको भनाई थियाे।

तालिममा सहभागी शनि शाक्यले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामूहिकतामा काम गर्न नेपाल स्काउटको यो तालिम महत्वपूर्ण रहेकाे बताए।

ललितपुरमा पहिलो पटक आयोजना गरिएको एडभान्स तालिम भव्य रुपमा सम्पनन्न भएको गोदावरी स्काउटका संयोजक दिपक अर्यालले बताए।

प्रकाशित मिति: : 2023-01-22 14:45:00

प्रतिकृया दिनुहोस्