शेखर पक्षको बैठकमा प्रश्न : प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो

फाइल तस्बिर
फाइल तस्बिर

आइतबार बिहानदेखि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको नेपाली कांग्रेसमा डा.शेखर कोइराला समूहकाे भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

संस्थापन इतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषय, कांग्रेसको भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको बताइएकाे छ।

बैठकमा सहभागी एक नेताका अनुसार डा.कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताए। उनले पार्टीले लिएको निर्णयले कांग्रेसलाई नै क्षति भइरहेको उल्लेख गरेका थिए।

नेता कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले प्रचण्डलाई विश्वासको मत दिनु नहुने प्रस्ताव गरे पनि बहुमतको निर्णयलाई मान्नुपर्ने बाध्यता रहेको सुनाएका थिए।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसीलगायत उपस्थित छन्।

प्रकाशित मिति: : 2023-01-22 11:44:00

प्रतिकृया दिनुहोस्