बिएल संवाददाता
रणवीर सिंह र दीपिका पादुकोण बलिउडका चर्चित जोडीमध्येका एक हुन्। उनीहरुको जोडीलाई दर्शकहरुले रुचाउने गरेका छन्।
लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले २०१८ सालमा विवाह गरेका हुन्। अहिले उनीहरु आफ्नो विवाहलाई लिएर निकै खुसी छन्।
कयौँ सुपरहिट फिल्म खेलेका उनीहरुका प्रेम कहानी पनि उत्तिकै चाख लाग्दो छ। २०१२ मा सन्जय लिलाको फिल्म ‘गोलियो की राशलिला रामलिला’ मा काम गर्दा उनीहरुको प्रेम प्रष्ट देखिएको थियो।
फिल्मको गीतमा शटिङ गरिरहँदा जब डायरेक्टरले ‘कट’ भने तब पनि दुई जना एकअर्कालाईचुम्बन गर्नमा व्यस्त थिए। एक इन्टरव्यूको क्रममा फिल्म एक सदस्यले भनेका थिए–रणवीर र दीपिका प्रेममा छन्, उनीहरु एकअर्कालाई ‘बेबी’ भनेर बोलाउँछन्।
फिल्म ‘बाजीराव मस्तानी’ मा पनि उनीहरु एकसाथ देखिएका थिए। मिडिया रिर्पोटका अनुसार रणवीरलाई आफ्नो भन्दा धेरै दीपिकाको करियरको बारेमा चिन्ता थियो।
उनी पहिलो यस्तो व्यक्ति थिए, जसले दीपिकालाई हलिउडमा डेब्यू गर्नका लागि सुझाव दिएका थिए। रामलीला र बाजीराव मस्तानीपछि रणवीर र दीपिका पद्मावत र ८३ मा एकसाथ देखा परिसकेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया