काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ।
काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको हाे।
जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेका यति एयरलाइन्सले जनाएकाे छ।
सेती नदीको खोँचमा जहाज दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जनाइएकाे छ।