लुम्बिनी प्रदेशमा कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न नसकेपछि आज गठन हुन लागेको सानो आकारको मन्त्रीमण्डल विनाविभागीय हुने भएको छ।
मुख्यमन्त्री लिला गिरीले आज तीन सदस्यीय मन्त्रीमण्डल बनाउँदैछन्। तर विनाविभागीय मन्त्रीमण्डल गठन गर्न लागेको एमाले लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले बताए। 'दलहरुबीच कुरा मिलेको छैन', उनले भने, 'विनाविभागीय तीन सदस्यीय मन्त्रीमण्डल गठन हुनेछ।'
जसमा नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी नमुना मन्त्री बन्दैछन्। आचार्य अर्घाखाँची १ (१) बाट र केसी बाँके १ (१) निर्वाचित भएका थिए।
मुख्यमन्त्री गिरीसँगै दुई जना मन्त्रीले अहिले दिउँसो १ बजे देउखुरीमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया