बिएल संवाददाता
प्यासिफिक टापु राष्ट्र भानुआटुको तटमा आइतवार अबेर राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए। भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए।
भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया