बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ।
शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो। झडपममा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो।
उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी छ।