सरकारले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्ने निर्णय गरेकाे छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाकाे रिक्त रहेको ठाउँमा माघ २५ मा उपनिर्वाचन गर्ने निर्णय गरेको हाे।
लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटका लागि निर्वाचन गर्न लागिएकाे हाे।