क्यानले भन्याे- म्याच फिक्सिङ भएको हल्ला झुटाे हो, प्रमाण भए दिनुस्

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा जारी नेपाल टि-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झुटाे हल्ला फैलाएको आरोप छ।

कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुऱ्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न संघ प्रतिबद्धता रहेको जनाएको छ। यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको लिगको एन्टि कर्पसन युनिटमा उजुरी दिन अनुरोध पनि गरेको छ। साथै मिथ्यता तथा भ्रामक सूचना नफैलाउन संघले सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2023-01-04 14:09:00

प्रतिकृया दिनुहोस्