यी हुन् एमाले संसदीय दलका नेता, को–को बन्लान् मुख्यमन्त्री ?

नेकपा (एमाले)ले ७ मध्ये ६ प्रदेशसभामा संसदीय दलको नेता चयन गरेको छ।

सत्ता गठबन्धनको आधारमा चार वटा प्रदेशको सरकार बनाउने योजनामा रहेको एमालेले ६ वटा प्रदेशमा नेता छानेको छ।

मधेश प्रदेशमा भने चयन हुन बाँकी छ। नेता छानिएका अन्य प्रदेशमध्ये १ नम्बरमा झापाका हिक्मतकुमार कार्की, बागमतीमा चितवनका जगन्नाथ थपलिया र गण्डकीमा कास्कीका खगराज अधिकारी छन्।

त्यसैगरी लुम्बिनी प्रदेशमा रुपन्देहीका लीला गिरी, कर्णालीमा सुर्खेतका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा कैलालीका राजेन्द्र रावल एमाले संसदीय दलको नेता चयन भएका हुन्।

एमालेले प्रदेश–१, गण्डकी, लुम्बिनी र कर्णालीमा आफ्नो नेतृत्वमा सरकार गठनको योजना बनाएको छ। बाँकी तीन वटामा माओवादी र सत्ता गठबन्धनका अन्य दललाई छाड्ने सम्भावना छ।

प्रकाशित मिति: : 2023-01-02 13:40:00

प्रतिकृया दिनुहोस्